काठमाडौँ बौद्धमा अवस्थित शेर्पा सेवा केन्द्र, (शेर्पा गोन्पा)  बौद्ध, टुसालमा २०७९ पौष १७ देखि २२ गतेसम्म तेह्रौँ ञिङमा मोन्लम (प्रणिधान पूजा) आयोजना हुने भएको छ । 
 
नेपालमा रहेका विभिन्न ञिङमा गोन्पाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, लोपोनहरूको साथै उपसक उपसिकाहरुको सहभागितामा हुने मोन्लम पूजापाठ शाक्यमुनि बुद्धको जन्मभूमि नेपालमा बौद्ध शासनको साथै विशेषगरी ञिङमा परम्पराको उत्तरोत्तर प्रगति एवम् धर्मगुरुहरूको दीर्घायुको कामनाका गर्दै मोन्लम पाठ गरिन्छ । त्यसैगरी सम्पूर्ण प्राणीहरूमा रोग, व्याधि झैँ झगडा र प्राकृतिक प्रकोप आदि कुनै पनि विग्न बाधा नभई विश्व शान्तिको कामना र यस पुनीत कार्यका दाताहरूको सुस्वास्थ्य, दीर्घायु एवम् पुण्य लाभको लागि पूजा गर्ने गरिन्छ । वार्षिक रूपमा आयोजना हुने यस मोन्लम कार्यक्रमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको लागि ठुलो टेवा पुगेको छ ।